बैंकिङ सेक्टरमा बहार छाएसँगै आइतबार धितोपत्रको कुल बजार पूँजीकरण हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बजार पूँजीकरणको यो आकार इतिहासकै सबैभन्दा ठूलो आकार हो । यसअघि २०७८ जेठ ३१ गते सोमबार नेप्से ४२.७२ अंकले उकालो लाग्दा समग्र बजार पूँजीकरण ४२ खर्ब १६ अर्ब १६ लाख रुपैयाँ पुग्दै समग्र बजार पूँजीकरणमा रेकर्ड कायम भएको थियो ।…