सुनका गरगहना र ६ लाख नगद चोरी गर्ने पक्राउ

नेपाल प्रहरीले ६ लाख रुपैयाँ नगद र सुनका गर गहना चोरी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले कल्याणपुर नगरपालिका–११ बस्ने २० वर्षीय किसन साहलाई सोमबार बिहान पक्राउ गरेको हो । साहले सोही नगरपालिका–८ अरङटोल बस्ने मोहबुद राईनको घरबाट नगद ६ लाख रुपैयाँ, २ थान सुनको झुम्का, १ थान सुनको मन्टिका, १ थान…