मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलाको ३०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो । महासंघका अनुसार मंगलबारका लागी छापावाला सुनको भाउ तोलाको ९४ हजार १०० रुपैयाँ, तेजावी ९३ हजार ६०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३५५ रुपैयाँ कायम गरिएको छ…