संयुक्तराज्य अमेरिकाले ह्यूस्टनमा रहेको चिनियाँ महावाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएको छ । चीनले अमेरिकाको उक्त कदमले दुवै मुलुकबीचको कूटनीतिक सम्बन्धलाई थप हानि पुर्याउनेभन्दै विरोध गरेको छ । विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र अमेरिकाबीच पछिल्ला केही वर्षदेखि विभिन्न विषयमा गम्भीर मतान्तर रहँदै आएको छ । पछिल्लो समय अर्ध–स्वायत्त हङकङका सन्दर्भमा पारित भएको विवादास्पद…