एनआईसी एशिया बैंकले दुई कम्पनीको ९८ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्था र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर लिलाम बिक्रीमा ल्याएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्थाको ५६ हजार २७० कित्ता र नेशनल लाईफ इन्स्योरेन्सको ४१ हजार ८९६ कित्ता गरी कुल ९८ हजार १६६ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको हो…