सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री विदेशबाट ल्याउनका लागि पहल गरिरहेको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज आचार्यले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा उपलब्ध नभएका वास्थ्य सामग्री र उपकरण विदेशबाट ल्याउन आवश्यक पहल भैरहेको बताएका छन् । उनले तत्काल खरीद गर्नुपर्ने औषधि, स्वास्थ्य सामग्री…