भारत सरकारले रेलसेवा सञ्चालन गरेसँगै कर्णालीमा फैलँदै कोरोना

नेपालमा कोभिड–१९ देखापरेको करीब चार महिनापछि कर्णाली प्रदेशमा सोमबार पहिलोपटक सङ्क्रमण पुष्टि भयो । एक साता अघिसम्म ‘ग्रिन जोन’मा रहेको कर्णालीमा दैलेखको आठबीस नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा कोरोना ‘पोजेटिभ’ देखिएसँगै सङ्क्रमणको ग्राफ पनि उकालो चढ्दैछ। सुर्खेतमा पिसिआर परीक्षणका क्रममा दैलेखका पाँचजनाको रिपोर्ट ‘शङ्कास्पद’ आएपछि पुनः पुष्टिका लागि आज नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा पठाइएको छ।…