नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आगामी शनिबार पनि आफ्ना शाखा कार्यालय खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले कर संकलनका लागि शनिबार पनि बैंकहरुलाई शाखा खोल्न भनेको हो। करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी पुस २५ गते शनिबार पनि बैंक शाखा/काउण्टर एवं क्लियरिङ खोल्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ…