नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार एकैदिन तीन वाणिज्य बैंक सहित चार कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा शुक्रबार एभरेष्ट बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, र आरएसडिसी लघुवित्तको शेयरमूल्य समायोजन भएको हो । गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न लाभांश तथा साधारण सभा प्रयोजनका लागि चारवटै कम्पनीले शुक्रबार बुकक्लोज तोकेका थिए । …