चीनले अमेरिकाको न्यूयोर्कमा पठायो १ हजार थान भेन्टिलेटर

अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रो कुमोले चीन सरकारले कोरोना भाइरसबाट ठूलो संकटको सामना गरिरहेको न्यूर्याकका लागि एक हजार थान भेन्टिलेटर पठाएको शनिबार बताएका छन्। गभर्नर कुमोले संकटको यस समयमा चीन सरकारको सदासयताका लागि धन्यवाद दिँदै चीनले प्रदान गर्न लागेका भेन्टिलेटर शनिबार नै अमेरिकाको केनेडी विमानस्थलमा पुग्ने जानकारी दिए। अमेरिकाका विभिन्न राज्यमा कोरोना भाइरसको संक्रमण रहेको…