अनावश्यक भण्डारण रोक्न ग्यास किन्ने ग्राहकको विवरण राख्ने व्यवस्था

नेपाल ग्यास उद्योग संघले अनावश्यक भण्डारण रोक्न ग्यास किन्ने ग्राहकको विवरण राख्ने व्यवस्था गरेको छ। एलपि ग्यासको अत्याधिक मात्रमा माग भई असहज परिस्थिति सृजना भएको भन्दै संघले यो व्यवस्था गरेको हो। संघका अनुसार बिक्रेताले बिक्री गरेको ग्यासको संख्या, मौज्दात, उपभोक्ताको नाम, ठेगाना र सम्पर्क नम्बरसहितको विवरण सम्वन्धित उद्योगलाई दैनिक रुपमा लिखित जानकारी गराउने व्यवस्था गरिएको…