रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा पुस ७ गतेदेखि आवेदन दिन सकिने

काठमाडौँ । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्काशन गरेको थियो । उक्त आईपीओ बाँडफाँड पश्चात पुस ७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरमा ५७ हजार ७९८ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुका…