नागरिक लगानी कोषको ऐतिहासिक ‘नागरिक पेन्सन योजना’ मा एन आई सी एशिया बैंक एक्सक्लुसिभ बैंकिङ पार्टनरको रुपमा नियुक्त भएको छ। यस सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरे। सम्पूर्ण नेपालीहरूलाई एउटा नवीन तथा सहज पेन्सन योजनाको आवश्यकताको पहिचान र महसुस गर्दै नागरिक लगानी…