राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी वरिष्ठ कार्यकारी निर्देशक डा. भट्ट लाई

नेपाल राष्ट्र बैंकले डा.गुणकर भट्ट लाई प्रवक्ताको जिम्मेवारी दिएको छ । प्रवक्ताको जिम्मेवारी पाएका भट्ट राष्ट्र बैंकको अनुसन्धान विभागको जिम्मेवारी सम्हालीरहेका वरिष्ठ कार्यकारी निर्देशक हुन् । डा.भट्टले अर्थशास्त्रमा विद्यावारिधी हासिल गरेका छन् । यसअघिका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला अवकाश बिदामा रहेका कारण प्रवक्ताको जिम्मेवारी हेरफेर गरिएको राष्ट्र बैंकले जनाएको छ ।