निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा ‘सर्भिस सेन्टर’ निर्माण गरिने भएको छ । स्थानीयवासीलाई सहज हुने गरी सो स्थानमा पार्किङ, स्थानीय उत्पादन बिक्री केन्द्रलगायतका लागि कक्ष निर्माण हुने बताइएको छ । सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यही निर्माणका क्रममा प्रयोग गर्ने र कमजोर ढुङ्गा माटोलाई सर्भिस सेन्टर निर्माणमा प्रयोग गरिने सडक विभाग र विकास समन्वय कार्यन्वयन…