आठ घण्टादेखि अवरुद्ध विमानस्थल सञ्चालन

यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएका कारण आठ घण्टादेखि अवरुद्ध त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान सेवा सञ्चालन भएको छ । विमानलाई तानेर रिमोर्ट पार्किङमा लगिएपछि साँझदेखि विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय उडान शुरु भएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले राससलाई जानकारी दिए। धस्सिएको विमानलाई विमानस्थलको पूर्वतर्फ बनेको नयाँ रिमोट पार्किङमा लगिएको छ । नेपालगञ्जबाट काठमाडौँ आएको चालकदलसहित ६६ यात्रु…