दोधारा चाँदनी (कञ्चनपुर) । दुर्लभ वन्यजन्तु र वनस्पतीका लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या पछिल्ला उल्लेखनीय वृद्धि हुन सकेको छैन । निकुञ्ज कार्यालयको तथ्याङ्कअनुसार तत्कालीन कोभिड –१९को महामारीपछि निकुञ्ज अवलोकन गर्ने पर्यटकको सङ्ख्या न्यून नै रहेका छन् । निकुञ्ज कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा १२ हजार १३८ जनाले निकुञ्ज भ्रमण गरेका…