दशैँमा हवाई यात्रुलाई टिकट पाउनै सास्ती, वायुसेवा कम्पनी भन्छन्ः टिकट सकियो

वर्षेनी दशैँका बेला यात्रुलाई हावाईजहाजको टिकट पाउन सकस हुन्छ । वायुसेवा प्रदायक कम्पनीले दशैँ आउन एक महीनाअघि नै हवाईजहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । यही बहानामा दशैँको मौका छोपेर निजी हवाई कम्पनीले यात्रुको ढाड सेक्ने गरी भाडा असुल्ने गरेका छन् । महँगो टिकटसमेत पाउन यात्रुलाई मुस्किल हुन्छ । हरेक वर्ष दशैँँ आउनासाथ राजधानी काठमाडौँलाई…