काठमाडौँ । राष्ट्र बैंकले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको १० रुपैयाँ दरको नोट प्रचलनमा ल्याएको छ । अधिकारी राष्ट्र बैंकबाट अवकाशमा गएको दुई महिना बढी भइसकेपछि अधिकारीकै हस्ताक्षर भएको नोट प्रचलनमा आएको हो । राष्ट्र बैंकले साविककै आकारमा संकेत नं.द ३२ ०००००१ देखि प ९४. ९९९९९९ सम्मको रु १० को नोट सोमबार देखि प्रचलनमा…