सहकारीपीडितका समस्या चाँडो समाधान गर्न माग

काठमाडौँ । राष्ट्रियसभाका सांसद गोमादेवी तिमिल्सिनाले सरकारसमक्ष सहकारीपीडितलाई जतिसक्दो चाँडो न्याय दिन माग गरेकी छिन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद तिमिल्सिनाले सहकारीको रकम अपचलनमा संलग्न कुनैपनि नेता वा कार्यकर्तालाई कसैले पनि संरक्षण गर्न नहुनेमा समेत जोड दिइन् । “वर्तमान सरकारले सहकारी समस्या समाधानमा कम चासो देखाएको हो कि भन्ने लागेको छ, सहकारीका कारण कैयौँ पीडित…