गुइयाङ । चीनमा १७ जना बालबालिकाको अपहरण तथा बेचबिखन गरेको अभियोगमा दोषी ठहरिएका एक व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको छ । दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तको गुइयाङ इन्टरमीडिएट पिपुल्स कोर्टले यु हुयिङलाई सुनाइएको मृत्युदण्डको सजायलाई सर्वोच्च जनअदालतबाट अनुमोदन गरेपछि मृत्युदण्ड दिइएको हो । सन् १९९३ देखि २००३ को बीचमा युले गुइझोउ, चोङकिङ र युन्नानका बालबालिकालाई अपहरण गरी…