वैदेशिक रोजगारीको लागि बाहिरिनेको संख्या घट्यो, प्रमुख गन्तव्य यूएई र साउदी अरेबिया

चालु आर्थिक वर्षको मंसिरको तुलनामा पुस महिनामा वैदेशिक रोजगारीका लागि बाहिरिने नेपालीको संख्यामा कमी आएको छ । वैदेशिक रोजगार विभागका अनुसार मंसिरको तुलनामा पुसमा विदेशिनेको संख्या ५ हजार ४६३ जनाले घटेको हो । विभागका अनुसार पुस महिनामा ६५ हजार ८१३ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा ५९ हजार ७२९ पुरूष र…