काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य तीन लाख नाघेको छ । आज सुन तोलामा ४ हजार ४०० रुपैयाँले बढेर तीन लाख नाघेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख २ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो…