आइतबार १९ अंकले घट्यो सेयर बजार, कारोबार ६० करोडमा सीमित

साताको पहिलो कारोबार दिन नै सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबारको दोहोरो अंकको वृद्धि भएपछि बजार केही सुधार हुने लक्षण देखिएको भएपनि आइतबार पुनः सोभन्दा बढी अंकले बजार सूचक घटेको हो । नेप्से १९.१२ अंकले घटेर १८५० दशमलव ६१ बिन्दुमा झरेको छ । यसदिन कारोबारमा आएका सबै उपसमुहगत सूचक ऋणात्मक बनेका छन्…