काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको छ । शिव शिखर सहकारीका थप ९६ पीडितले बचत फिर्ता पाएका समितिले जनाएको छ । हालसम्म शिव शिखर सहकारीका एक हजार २१३ बचतकर्ताले रकम फिर्ता पाएका छन् । थोरै बचत भएका बचतकर्तालाई पहिलो चरणमा रकम फिर्ता गरिएको समितिले जनाएको छ ।…