काठमाडौँ । यातायात व्यवस्था विभागले देशभरी नयाँ सवारी साधनको दर्तामा तत्कालको लागि रोक लगाएको छ। विभागले बढ्दो ट्राफिक जाम, अत्यधिक वायु प्रदूषण, सडकको चाप, आवागमनमा कठिनाइ र इन्धन मूल्य वृद्धिका कारण यातायात सञ्चालनमा समस्या देखिएकोले नयाँ दर्ता प्रक्रिया अनिश्चित समयको लागि बन्द भएको जनाएको छ। विभागका अनुसार, सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन गर्न नसक्नुले पनि नयाँ…