काठमाडौँ । सरकारले भूकम्पीय जोखिम न्यूनीकरण, बिटौरी जग्गा दर्ता एवं एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंकसँग नेपालको भूकम्पीय जोखिमसम्बन्धी विपद् ऋणपत्र (नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्ड) सम्बन्धी कार्यादेश सम्झौता (म्यान्डेट एग्रिमेन्ट) मा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ…