कृष्णभिरबाट आए चार वटा एलपी ग्यास बुलेट र २५ वटा भरिएका सिलिन्डर बोकेका ट्रक

मुग्लिङ । पृथ्वी राजमार्गको कृष्णभिरबाट मङ्गलबार चार वटा एलपी ग्यास बुलेट र २५ वटा भरिएका सिलिन्डर बोकेका ट्रक पार भएका छन् । कृष्णभिरमा भदौ १४ गते यो राजमार्ग भासिएपछि यातायात अवरुद्ध भएको थियो । नयाँ सडक खोलेर दुई दिनअघि अत्यावश्यक सवारीसाधन परीक्षणका रूपमा सञ्चालन गरिए पनि मालवाहक सवारीसाधन भने मङ्गलबार पहिलो पटक छाडिएको हो । भरिएको ग्यास बुलेट…