पुल बगाएपछि रसुवा–नुवाकोट सडकमा फड्के र तुइन, पैदल आवागमन खुल्यो

काठमाडाैँ । बाढीले पुल बगाएपछि अवरुद्ध बनेको रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के र तुइन निर्माण गरी पैदल आवागमन सञ्चालनमा ल्याइएको छ। फलाखु खोलामा रहेको पक्की पुल र स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथिको पक्की पुल बाढीले बगाएपछि सडकखण्डमा आवतजावत ठप्प भएको थियो। तत्काल यात्रुलाई सहजता प्रदान गर्ने उद्देश्यले सुरक्षा निकाय तथा स्थानीयको समन्वयमा वैकल्पिक संरचना तयार पारिएको सशस्त्र प्रहरी…