अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नीतिगत भ्रष्टाचार पनि हेर्न पाउनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट परेको छ । सर्वोच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक क्षेत्राधिकारलाई सङ्कुचित बनाई नीतिगत तहका भ्रष्टाचारीलाई उन्मुक्ति दिने खालमा कानुनी व्यवस्था खारेजीको माग गर्दै रिट निवेदन दायर भएको हो । मानवअधिकार तथा सुशासनको क्षेत्रमा क्रियाशील छ वटा सामाजिक संस्थाले संयुक्त…