गुल्मीको रेसुङ्गा नगरपालिका-९ का स्थानीय यादव पाण्डेको गुल्मीबाटै जहाजमा उड्ने सपना यसपटकको दसैँमा पनि पूरा सकेन । विसं २०६३ पछि हरेक वर्षको दसैँमा जहाज उड्ने सपना देखाइए पनि त्यसको १६ वर्षसम्म जहाज उडेको छैन । हरेक वर्षको दसैँलाई बहाना बनाउँदा राज्यको करोडौं लगानी बालुवामा खन्याएको पानी सरह भएको उनको गुनासो छ । स्थानीय गीता भण्डारी…