आत्मनिर्भर बन्ने बाटोमा हामी कहाँनेर चुक्यौं ?

नेपालको अहिले मुद्दा आत्मनिर्भर बन्ने नभएर परनिर्भरतालाई कसरी घटाउने भन्ने हो । नेपाललाई अहिले कम्तीमा पनि आयात र निर्यातबीचको सन्तुलन चाहिएको हो । बितेको एक–डेढ सय वर्षमा जसरी व्यवसायको व्यवस्थापन गरियो, त्यसलाई केलाउँदा एउटा निष्कर्ष के निकाल्न सकिन्छ भने– आत्मनिर्भरताको कुरा गरेरमात्र त्यो प्राप्त गर्न सकिँदैन । बजार खुला गरिसक्दा हामी प्रविधिमा निकै पछि परिसक्यौं…