डिजिटल करेन्सी अन्वेषण गर्दै १०५ देशका केन्द्रीय बैंक

एटलान्टिक काउन्सिलको जीयोइकोनोमिक सेन्टरले केन्द्रीय बैंकद्धारा स्वीकृत डिजिटल करेन्सी ट्रयाकरको नयाँ तथ्यांक सार्वजनिक गरेको छ । ट्रयाकरका अनुसार विश्वव्यापी जीडिपीको ९५ प्रतिशत ओगटेका १०५ देशहरुले केन्द्रीय बैंकद्धारा स्वीकृत डिजिटल करेन्सी अन्वेषण गरिरहेका छन् । यसै क्रममा ५० देशहरुले डिजिटल करेन्सी विकास गरिसकेका छन् । यसैगरी ट्रयाकरको तथ्यांक अनुसार १० देशहरुले डिजिटल करेन्सी लञ्च गरिसकेका छन्…