नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई शेयरमा अल्पकालीन लगानी गर्न बन्देज लगाएपछि घट्न थालेको लघुवित्त कम्पनीहरुको शेयरमूल्य सोमबारदेखि बढ्न थालेको छ । सोमबार कारोबारको एक घण्टा अवधिमा शीर्ष शेयरमूल्य बढ्ने दश कम्पनीभित्र ७ वटा कम्पनी लघुवित्तका परेका छन् । यस अवधिमा सामुदायिक, इन्फिनिटी, फरवार्ड, सिभिल, किसान, उन्नति सहकार्य र नेरुडे लघुवित्तको शेयरमूल्य बढेको छ…