काठमाडौं महानगरको बजेट साढे १६ अर्ब, व्यवसाय करमा ५०% सम्म छुट

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको अुनमानित बजेट ल्याएको छ । महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले आज यहाँ आयोजित नगरसभाको सातौं अधिवेशनमा सो अुनमानित बजेट प्रस्तुत गरेकी हुन् । महानगरपालिकाले सबैभन्दा बढी पूर्वाधार विकास क्षेत्रका लागि ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजारको बजेट विनियोजन गरेको…