सानिमा बैंकले गत आवको नाफाबाट १२ प्रतिशत लाभांश बाँड्न सक्ने


सानिमा बैंक (SANIMA) ले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना शेयरधनीलाई १२ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।

चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख ८१ हजार रुपैयाँ रहेको बैंकले १ अर्ब ११ करोड ९७ लाख २२ हजार रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको हो । अघिल्लो आवमा बैंकले १ अर्ब ६२ करोड ५६ लाख ९३ हजार रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेर २०.३२ प्रतिशत लाभांश क्षमता कायम गरेको थियो।

असार मसान्तसम्ममा बैंकको खुद नाफा १ अर्ब ७० करोड ३३ लाख ७४ हजार रुपैयाँ छ। बैंकले कमाएको यो खुद नाफा अघिल्लो आवको तुलनामा २४.५६ प्रतिशत थोरै हो। अघिल्लो आवमा बैंकले २ अर्ब २५ करोड ८० लाख खुद नाफा कमाएको थियो। कारोना भाइरस संक्रमण रोक्न सरकारले गरेको ४ महिने लकडाउन र ऋणीहरुलाई प्रदान गरिएको सुविधाका कारण बैंकको ऋण असुली प्रभावित बन्दा नाफा घट्न पुगेको हो।

गत आर्थिक वर्षको चौथो त्रेमाससम्ममा बैंकले निक्षेप संकलन १९.५४ प्रतिशतले बढेर १ खर्ब ६ अर्ब ८३ करोड ५७ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानीतर्फ ११.२३ प्रतिशत वृद्धि भई ९० अर्ब ५६ करोड ६१ लाख रुपैयाँ पुगेको छ।

गत आवमा बैंकको खुद ब्याज आम्दानी सामान्य बढेर ४ अर्ब २१ करोड ५४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आवमा खुद ब्याज आम्दानी ४ अर्ब २० करोड ८६ लाख रुपैयाँ रहेको थियो।

बैंकको जगेडा कोष भने २६.३३ प्रतिशतले बढेर २ अर्ब ८२ करोड ५६ लाख पुगेको छ भने शेयरधनी कोषमा १ अर्ब ११ करोड रूपैयाँ सञ्चित छ। बैंकको वार्षिक प्रतिशेयर आम्दानी १९.२५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४४.८३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७.०५ गुणा, र खराब कर्जा अनुपात ०.४८ प्रतिशत रहेको छ।

सानिमा बैंकको कोषको लागत ६.६६ प्रतिशत, कर्जा निक्षेप अनुपात ७४.७२ प्रतिशत, आधार दर ८.६२ प्रतिशत र स्प्रेड दर ३.४७ प्रतिशत रहेको छ।

 

Particulars Sanima Bank Limited  ( Rs in’000)
Q4 2076/77 Q4 2075/76 Difference 
Paid Up Capital 8,801,381 8,001,255 10.00%
Reserves 2,825,687 2,236,786 26.33%
Retained Earnings 1,119,722 1,751,507 -36.07%
Profit/(Loss) for the Year 1,703,374 2,258,068 -24.56%
EPS (In Rs.) 19.35 28.22 -31.43%
Net Worth per Share (In Rs.) 144.83 148.73 -2.62%
Deposits from Customers 106,835,786 89,373,729 19.54%
Loans & Advances to Customers 90,566,104 81,418,861 11.23%
Net Interest Income 4,215,463 4,208,697 0.16%
Impairment Charge/(Reversal) 883,459 218,238 304.81%
Operating Profit 2,418,613 3,224,895 -25.00%
Distributable Profit/ (Loss) after P/L Appropriation and Regulatory Adjustments 1,119,722 1,625,693 -31.12%
Capital Adequacy Ratio (CAR) % 12.97 13.19 -1.67%
NPL % 0.48 0.08 500.00%
CCD (as per NRB Directives) % 74.72 77.91 -4.09%
Cost of Fund (%) 6.66 7.39 -9.88%
Base Rate (%) 8.62 9.45 -8.78%
Qtr End PE Ratio (times) 17.05 12.41 37.39%

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।