प्रभु बैंकको सल्यानमा नयाँ शाखा


प्रभु बैंकले सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं १ स्थित श्रीनगरमा २०९ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको श्रीनगर शाखा कार्यालयको उद्घाटन शारदा नगरपालिकाका मेयर सुंरेश अधिकारीले गरेका हुन् ।

बैंकको श्रीनगर शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख मेयर अधिकारीले प्रभु बैंकले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताएका थिए ।

बैंकको श्रीनगर शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा श्रीनगर शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास बैंकले लिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।