एन आई सी एशिया बैंकको कार्डमार्फत ई–कमर्शमा अनलाइन भुक्तानी गर्दा २५ प्रतिशतसम्म नगद फिर्ता


एन आई सी एशिया बैंकले वडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठपर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिद गर्न चाहनुहुनेहरूका लागि नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत सस्तो डिल, ग्यापू, मार्केटप्लेस, ठुलो पसल, इन्फिस्टोर, ओकेदाम, कालमार्ट लगायतका इकमर्श प्लेटफर्मबाट बैंकका ग्राहले सामान किन्दा २५ प्रतिशतसम्म छुट पाउने छन् ।
यो छुट पाउनका लागि बैंकका ग्राहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्नु पर्ने हुन्छ ।

नेपालमा अनलाइन किनमेल बढिरहेको अवस्थामा चाड पर्वका बेला यसको प्रयोग अझै बढ्ने भएकाले अफर सुरु गरिएको बैंकले जनाएको छ । बैंकका ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका लागि यस्तो अफर ल्याइएको बैंकले जनाएको छ ।

उल्लेखित ई–कमर्श कम्पनीहरूबाट जुनसुकै सामग्रीहरू खरिद गर्दा छुट वापतको रकम खातामा फिर्ता गर्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार सस्तो डिल र ग्यापू मार्केट प्लेसमा २० प्रतिशत वा २ हजार रुपैंयासम्मको छुट पाइनेछ । त्यसै गरी कालमार्टमा २५ प्रतिशत वा १ हजार ५०० रुपैंयासम्म, ठुलो पसल, इन्फिस्टोर र ओकेदाममा १५ प्रतिशत वा १ हजार रुपैंयासम्मको छुट पाइने छ । यो अफर असोज २७ देखि कार्तिक १ गतेसम्म सञ्चालन हुनेछ ।

चाडपर्वको अत्यावश्यक किनमेललाई सहज एवं सुलभ बनाउनका बैंकले उल्लेखित ई–कमर्शहरूसँग समझदारी गरी नगद फिर्ताको व्यवस्था गरेको बैंकले जनाएको छ । साथै बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइटमा रहेको आई सर्भिस मार्फत आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनामा सहभागि हुन सक्ने छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।