इसेवाको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ योजना


बडादशैं, तिहार र छठलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायक इसेवाले ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजना सार्बजनिक गरेको छ ।

उपहार योजना अन्र्तगत बम्पर उपहारमा एक जनाले टिभिएस अपाची आरटिआर मोटरसाइकल जित्न सक्नेछन् भने एक हजार भन्दा बढिले विभिन्न किसिमका आकर्षक उपहार कुपन प्राप्त गर्नेछन् ।

यो योजना आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ । यो अवधिमा इसेवा मार्फत भुक्तानी गर्ने हरेक व्यक्तिमध्येबाट गोलाप्रथा गरि बिजेता घोषणा गरिनेछ । विजेताहरू हरेक हप्ता सार्बजनिक गरिनेछ भने योजनाको अन्तिममा एक जना भाग्शाली विजेता छानिनेछ ।

यस उपहार योजनामा इसेवाले एमएसआ, मिनिसो, केकेफसी, टिएफटी, दराज, बेननेभिज, एसिडिसी, भोज, भिजन तथा ग्यापु जस्ता चर्चित ब्राण्डसँग सहकार्य गरेको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।