सिद्धार्थ बैंकको दशैं धमाका, डिजिटल दक्षिणामा क्यास व्याक


सिद्धार्थ बैंकले चाडपर्वको अवसर पारी ग्राहकहरुलाई लक्षित गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ याएको छ । एफवान सफ्टसँग सहकार्य गरी बैंकको मोबाइल बैंकिङ्ग एप, सिद्धार्थ बैंक स्मार्टमार्फत विभिन्न क्यास ब्याक योजना ल्याएको हो । योजना अन्तर्गत ग्राहकहरुले बैंक स्मार्टमार्फत कारोबार गर्दा निम्न क्यास ब्याक पाउन सक्नेछन् ।

सिद्धार्थ बैंक स्मार्ट एप क्रियाशील गर्दा मोबाइल टपअप

-कार्तिक ६ देखि मंसिर ५ गते सम्म प्हिलो पटक बैंकस्मार्ट एप क्रियाशील गर्दा रु ५० को मोबाइल टपअप ।

डिजिटल दक्षिणा

कार्तिक १० देखि कार्तिक १४ गते सम्म कारोबारको विवरणमा दक्षिणा लेखी तीन पटक रकम ट्रान्सफर गर्दा रु ३०० क्यास ब्याक ।

पहिलो र थप तीन कारोबारमा क्यास ब्याक

-कार्तिक ६ देखि मंसिर ५ गते सम्म कारोबारको विवरणमा माई फर्स्ट लेखी पहिलो पटक कारोबार गर्दा वा रकम ट्रान्सफर गर्दा २०५ क्यास ब्याक ।
-थप तीन कारोबार गर्दा रु ३०० क्यास ब्याक ।
-यस क्यास ब्याक पाउन रु ५०० वा सो भन्दा बढि रकमको कारोबार गर्नु पर्ने ।

यसै गरीे कार्तिक ६ देखि मंसिर ५ गते सम्म कम्तीमा दश वा सो भन्दा बढि कारोबार गर्दा एफवान सफ्टले आफ्नो छनोट प्रक्रियाबाट पाँच जनालाई मोबाईल फोन उपहार प्रदान गर्नेछ ।

यस योजनाले नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबार तर्फ आकर्षित गर्ने र अनलाइन कारोबारलाई प्रेरित गर्नेे विश्वास बैंकले लिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।