बिहीबारदेखि योङ इन्टरप्रेनर कन्क्लेभ आयोजना हुँदै


समृद्धि स्कूल/कलेज तथा विशाल फाउन्डेसनको संयुक्त आयोजनामा राष्ट्रिय स्तरको योङ इन्टरप्रेनर कन्क्लेभ आयोजना हुने भएको छ ।

युवा तथा विद्यार्थीहरुको लागि उद्यमशीलता प्रवर्धन तथा सीप विकाशमा प्रेरित गर्ने उद्देश्यले कन्क्लेभ आयोजना गर्न लागिएको हो ।

कात्तिक २० गतेदेखि दिउँसो १ः३० बजे देखि ४ः३० सम्म सञ्चालन हुने उक्त कार्यक्रम वेबिनार मार्फत निशुल्क सञ्चालन गरिँदैछ । उक्त कार्यक्रममा सहभागी हुनका लागि यो लिङ्कमा क्लिक गरेर रजिष्टर गर्न सकिने छ ।

यो कार्यक्रम उच्च माध्यामिक तह तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुका लागि प्रभावकारी र केन्द्रित रहने बताइएको छ ।

प्रमुख अतिथि पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे तथा विशेष अतिथि बाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्री अरुण नेपाल रहने छन् । त्यसै गरी अन्तर्राष्ट्रिय प्रेरक वक्ता को रुपमा मानुषी अग्रवाल, दराज नेपालका पूर्न कार्यकारी निर्देशक राजिव अमात्य, स्किल ल्याबका संस्थापक नन्दकिशोर मण्डल, आईएमई ग्रुपका कार्यकारी निर्देशक हेमराज ढकाल, देउराली जनता फर्मास्यूटिकल्सका संस्थापक तथा कार्यकारी निर्देशक एवं नेपाल उद्योग परिसंघकका पुर्व अध्यक्ष हरि भक्त शर्मा, तथा आर्ट पसःका सह संस्थापक उज्व्वल श्रेष्ठको पनि कन्क्लेभमा आतिथ्यता रहने छ ।

यसका अतिरिक्त नेपालका अन्य चर्चित उद्यमीहरुको पनि सहभागीता रहने कन्क्लेभको पहिलो ४ दिन अतिथिहरुले उद्यम सम्वन्धी आफ्ना अनुभव तथा कथाव्यथा प्रस्तुत गर्नेछन् भने पाचौँ दिनमा सहभागीहरुको कार्यशाला तथा अन्तर्मूल्याङ्कन प्रस्तुत गरिनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।