एनएलजी इन्स्योरेन्सको लाभांस सुरक्षित गर्ने अन्तिम दिन सोमबार


एनएलजी इन्स्योरेन्सले साधारण सभा प्रयोजनका लागि भोलि अर्थात मंगलबार शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ ।

गत आर्थिक वर्षको प्रतिफल सहित नियमित प्रस्ताव पारित गराउन कम्पनीले १४ औं वार्षिक साधारण सभा नागपोखरीस्थित कार्यालयमा सम्पन्न गराउँदैछ ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाईबाट सोमबारसम्म कायम शेयरधनीले पाउने गरी ७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गर्दैछ । उक्त लाभांस सोमबारसम्म शेयर किन्नेहरुले मात्र पाउने छन् । मंगलबार इन्स्योरेन्सको शेयरमूल्य समायोजन हुनेछ ।

एनएलजी इन्स्योरेन्सले डाक्यो साधारण सभा, ७% का दरले बोनस वितरण गर्ने

एनएलजी इन्स्योरेन्सको शेयर लिलामीको कटअफ मूल्य कति तोकियो ?

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।