इसेवामनि ट्रान्सफरको रेमिट्यान्स् सेवा कुबेतबाट पनि सुरू


इसेवा मनि ट्रान्स्फर र कुबेतको ख्याति प्राप्त रेमिट्यान्स् कम्पनी युएई एक्सचेञ्जबीच रेमिट्यान्स् सेवा सुरू भएको छ ।

यो सेवा सुरू भएसँगै कुबेतमा रहेका नेपालीहरूले युएई एक्सचेञ्जका २३ वटा शाखाबाट नगद तथा कुनै पनि बैंक खाता र इसेवा वालेटमा पैसा पठाउन सक्नेछन् ।

नगदमा पठाइएको रकम नेपाल भर रहेका ८ हजारभन्दा धेरै इसेवा मनि ट्रान्सफरका एजेन्ट तथा इसेवा वालेट एप मार्फत पनि प्राप्त गर्न सकिनेछ ।

साथै इसेवा वालेटमा पैसा पठाउँदा ७५० फिल्स मात्र सेवा शूल्क लाग्नेछ । त्यसैगरी बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ ।

युएई एक्सचेञ्जले छिट्टै नै इसेवा मनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एप मार्फत पनि सुरु गर्नेछ ।

रेमिट्यान्स् सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्स्फरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र युएई एक्सचेञ्जका तर्फबाट कार्यकारी प्रमुख कृष्ण कुमार यछारथले हस्ताक्षर गरेका हुन् ।

इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवा मार्फत नेपालमा रेमिट्यान्स् भित्र्याउँदै आएको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै इ-सेवाले डिजिटल माध्यमबाट समयको बचत, आर्थिक फाइदा र प्राविधिको प्रयोगबाट सुरक्षित ढंगबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ ।

इ-सेवा मनि ट्रान्सफरलाई रेमिट्यान्सको विश्व बजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुको उद्देश्य रहेको इ-सेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।