गुडविल फाइनान्सले खर्च घटाएर १३९ प्रतिशतले नाफा बढायो


गुडविल फाइनान्सले गत आर्थिक वर्षको पहिलो त्रैमासबाट चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आईपुग्दा सञ्चालन नाफा तथा खुद नाफामा फराकिलो अंकको सुधार गरेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा व्यवसायमा सामान्य गिरावट देखिएको फाइनान्सले खर्चका शिर्षकहरुमा भारी कटौती गर्दै खुद नाफामा उल्लेख्य सुधार भएको वित्तीय विबरण निकालेको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ४५ लाख रुपैंया खुद व्याज आम्दानी गरेको फाइनान्सले अहिले ६ करोड २१ लाख रुपैंया आम्दानी गरेको छ । अन्य सञ्चालन आम्दानी शिर्षकमा सुधार गरेको फाइनान्सको इम्पेरिमेण्ट चार्ज १ करोड १२ लाख रुपैंयाबाट २ करोड ६८ लाख रुपैंया पुगेको छ । समीक्षा अवधिमा फाइनान्सको खुद नाफा १३९.२२ प्रतिशतले बढेको हो ।

व्यक्तिगत खर्च र अन्य सञ्चालन खर्चमा गरेको भारी कटौतीका कारण फाइनान्सको नाफामा वृद्धि देखिएको हो । गत आर्थिक वर्षको यसै अवधिमा २ करोड २६ लाख रुपैंया रहेको व्यक्तिगत खर्च अहिले २ करोड १२ लाखमा झरेको छ । त्यसै गरि अन्य सञ्चालन खर्च ४ करोड ६७ लाख रुपैंयाबाट १ करोड २७ लाख रुपैंयामा झरेको छ । जसका कारण फाइनान्सको खुद नाफा बढेको हो ।

८० करोड रुपैंया चुक्ता पूँजी रहेको फाइनान्ससँग शेयर प्रिमियम २४ लाख ७५ हजार रुपैंया छ भने रिटेण्ड अर्निङ ९ करोड ९३ लाख ३८ हजार रुपैंया छ । जगेडा कोषमा ३८ करोड ५८ लाख १७ हजार रुपैंया सञ्चित रहेको फाइनान्सले गत आर्थिक वर्षको अन्त्य अर्थात असार मसान्तसम्मको सञ्चित जगेडाबाट ४ करोड ५८ लाख ११ हजार रुपैंया बराबरको प्रतिबल बितरण गर्ने क्षमता राख्दछ ।

असोज मसान्तसम्ममा १४ रुपैंया ५८ पैसा प्रतिशेयर आम्दानी रहेको फाइनान्सको प्रतिशेयर नेटवर्थ १६१ रुपैंया ३ पैसा छ । फाइनान्सको मूल्य आम्दानी अनुपात १३.०३ गूणाले बढी छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।