नेशनल माइक्रोफाइनान्सको खुद नाफा घट्यो


नेशनल माइक्रोफाइनान्स (NMFBS) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेशनल माइक्रोफाइनान्सले ४ करोड ८ लाख ६० हजार रुपैंया खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ४ करोड २० लाख ४ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा माइक्रोफाइनान्सको खुद नाफा झण्डै १२ लाख रुपैंयाले घटेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ८ करोड ६७ लाख ९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा लघुवित्तको खुद व्याज आम्दानी ९६ हजार रुपैयाँले घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ८ करोड ६८ लाख ५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

चुक्ता पूँजी २६ करोड ४० लाख ४५ हजार रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा २५ करोड ३५ लाख ९२ हजार रुपैयाँ सञ्चित छ । प्रतिशेयर आम्दानी ६० रुपैयाँ ७३ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँ ४ पैसा रहेको लघुवित्तको मूल्य आम्दानी अनुपात २४.९५ गूणाले बढी छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।