‘प्रोभिजनिङ’ ले घट्यो ग्लोबल आईएमई लघुवित्तको खुद नाफा


चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ग्लोबल आईएमई लघुवित्तले १ करोड ८४ लाख ३७ हजार रुपैंया खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ३ करोड ३४ लाख ५१ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद नाफा ४४.८८ प्रतिशतले घटेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद व्याज आम्दानी ६ करोड १२ लाख ७७ हजार रुपैंयाबाट ७ करोड १९ लाख ४३ हजार रुर्पंया पुगेको लघुवित्तको कर्मचारी खर्च तथा अन्य सञ्चालन खर्चको आकार बढेको छ ।

सम्भावित जोखिमका लागि प्रोभिजन गरेको रकम ९५ लाख रुपैंयाबाट २ करोड ९५ लाख ९९ हजार रुपैंया पुगेका कारण लघुवित्तको खुद नाफा प्रभावित भएको हो ।

२५ करोड ९५ लाख ७५ हजार रुपैंया चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २२ करोड ५९ लाख ९२ हजार रुपैंया सञ्चित छ । प्रतिशेयर आम्दानी २८ रुपैंया ४१ पैसा रहेको लघुवित्तको मूल्य आम्दानी अनुपात ४३.९६ गूणाले बढी छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैंया २६ पैसा छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।