महासंघमा महादंगल: चण्डीराज ढकाललाई अरुण सुमार्गीले दिए ‘धुर्बे हात्ती’ को संज्ञा


नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकाललाई महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले धुर्बे हात्तीको संज्ञा दिएका छन् ।

खुला तर्फबाट केन्द्रीय सदस्यका उम्मेदवार समेत रहेका सुमार्गीले ढकाललाई महासंघको निर्वाचनका समयमा मात्र सक्रिय हुने व्यक्तिका रुपमा व्याख्या गर्दै चुनाव जिताउने ठेक्कामा छिनछिनमा समुह परिवर्तन गर्ने गरेको आरोप लगाए ।

बुधबार किशोर प्रधान समुहको नेपालगन्जमा आयोजित चुनावी कार्यक्रममा प्रधान समुहको प्रचार विभाग प्रमुख समेत रहेका सुमार्गीले एक जनालाई बोकेर चुनाव जिताउने ठेक्का लिने र दिने प्रवृत्तिको अन्त्य गराएर महासंघको गरिमा उच्च बनाउनु पर्ने बताए ।

महासंघमा जिल्ला नगरतर्फको भारित ५० प्रतिशत रहेको भए पनि इतिहासमा २ जिल्ला नगरबाट जना मात्र नेतृत्वमा पुग्नु दुखद भएको सुमार्गीको भनाई थियो । इतिहासलाई स्मरण गर्दै निर्वाचनका बेला जिताउने र हराउने ठेक्का लिने र दिने प्रवृत्ति बढेकाले जिल्ला नगरको अस्तित्व कमजोर बनेको उनको भनाई थियो । आनन्दराज मुल्मी र कुशकुमार जोशी बाहेक जिल्ला नगरबाट कोही पनि महासंघ नेतृत्वमा पुग्न नसकेको स्मरण गराउँदै २८ वर्षदेखिको अनुभव लिएका जिल्ला नगरतर्फका किशोर प्रधानलाई वरिष्ठ उपाध्यक्षमा ल्याउनुपर्ने पर्ने उनको भनाई थियो ।

कार्यक्रममा आक्रामक रुपमा प्रस्तुत भएका सुमार्गीले विभिन्न प्रलोभन बाँड्दै हिडेका ढकाल पक्ष र प्रधान पक्षको लडाईमा प्रधानको जित हुने दाबी गरेका । यदि त्यस्तो भएको खण्डमा आगामी दिनमा महासंघमा चुनाव जिताउने र हराउने ठेकेदारी प्रथाको अन्त्य हुने उनको भनाई थियो । यस्तो प्रथाको अन्त्य गर्दै जिल्ला नगरको समस्या बुझेका प्रधानलाई नेतृत्वमा पुग्ने ढोका खोलिदिन उनले मतदाताहरुसँग आग्रह गरेका थिए ।

प्रधान समुहकातर्फबाट प्रधान सहित निवर्तमान अध्यक्ष पशुपति मुरारका, पुर्व अध्यक्ष कुशकुमार जोशी, जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठ लगायतलाई नेपालगञ्जका व्यवसायीहरुले स्वागत गर्दै चुनावी सभाको आयोजना गरेका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।