४८ जिल्लाको समर्थनमा नेपाल टेलरिङग व्यवसायी महासंघ दर्ता


नेपाल टेलरिङग व्यवसायी महासंघले जिल्ला प्रशासन कार्यलाय काठमाण्डौमा विधिवत महासघं दर्ता गराएको छ। लम्जुङ जिल्लाका सफल टेलरिङ व्यवसायी श्री गोपाल परियार को अध्यक्षता र काठमाण्डौका प्रतिष्ठित टेलरिङ व्यवसायी सदिस श्रेष्ठको सयोजकत्वमा १७ सदस्यीय कार्यसमिति गठन गरेका छन ।

महासंघलाई ४८ वटा जिल्लाले समर्थन गरेका छन भने नेपाल कपडा तया सिलाई व्यवसायी संघका समूर्ण संस्थापक सदस्य लगायत पूर्व अध्यक्षहरु को समर्थन रहेका छन ।

६७ वटा जिल्ला सदस्य रहेको नेपाल कपडा तथा सिलाई व्यवसायी संघ लाई तत्कालिन अध्यक्ष रामकृष्ण श्रेष्ठले सम्पूर्ण संस्थापक लाई लट्‌याउदै संघ अवैधानिक तवरले विघटन गर्न प्रयास गरेपछी उच्च अदालतले संघ विघटन नगर्नु भनि संघका सस्थापक पक्ष तिर निर्णय गरेको थियो ।

तथापी संघलाई विघटन गर्न नसकेपछी संघको तत्कालिन कार्यसमितिले जवरजस्ती अवैधानिक साधारण सभा बोलाई संघको विधान परिवर्तन गरि सम्पूर्ण ६७ जिल्ला सदस्यलाई सदस्यता विहीन वनाएको थियो ।त्यस पश्चात संस्थापकको र पूर्व अध्यक्षहरुको प्रयासमा ४८ जिल्लाको समर्थनमा नेपाल टेलरिङ व्यवसायी महासंघ दर्ता गरेका हुन ।

१७ जनाको कार्य समितिमा ७ वटै प्रदेशको प्रतिनिधित्व रहेका छन । श्री गोपाल परियारको अध्यक्षतामा , वरिष्ठ उपाध्यक्ष सदिस श्रेष्ठ , उपाध्यक्षमा सुदिप गणेश , दिनेश परियार, महासचिव र सचिवमा क्रमस पूर्ण महर्जन र सोम परियार , कोषाध्यक्षमा सुसिल कुमार गोयंका , सह कोषाधक्षमा प्रताप परियार रहेका छन भने विशिष्ट सदस्यमा राजमान महर्जन र रमा नाथ श्रेष्ठ छ्न ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।