कोरोना कहरमा महासंघ साधारण सभामा, अधिकांस कार्यक्रम भर्चुअल माध्यममा, कहाँ कहाँ हुँदैछ निर्वाचन ?


नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् ।

कोरोनाको महामारीका कारण महासंघको साधारण सभा भर्चुअल माध्यमबाट गराइने भएको छ । पदाधिकारी तथा अन्य पाहुनाहरुलाई भौतिक रुपमा स्थापित गराउँदै मंसिर ११ गते अर्थात भोलि बिहान ११ः३० बजे भर्चुअल माध्यमबाट साधारणभाको उद्घाटन गर्न लागिएको हो ।

प्रधानमन्त्री ओलीले महासंघको साधारण सभालाई आफ्नै निवास बालुवाटारबाट सम्बोधन गर्दैछन् । महासंघ सचिवालयका अनुसार पदाधिकारी र विशेष पाहुना बोहक सबै प्रतिनिधिहरुलाई जुम मार्फत साधारण सभामा सहभागि गराइने भएको छ ।

त्यसै गरि शुक्रबार साधारण सभाको बन्दशत्र पनि भर्चुअल माध्यमबाट गरिने महासंघ सचिवालयले जनाएको छ । शुक्रबार बिहान १० बजेदेखि बन्दशत्र सुरु हुने बताइएको छ ।

मंसिर १३ गते शनिबार हुने मतदानका लागि ३ स्थान निर्धारण गरिएको छ । बिहान ८ बजेदेखि सुरु हुने मतदानका लागि उद्योग वाणिज्यतर्फका मतदाता कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुनेछ । त्यसैगरि एसोसिएट्सतर्फको मतदान माइतीघरस्थित कार्की बैंक्वेटमा र वस्तुगततर्फको मतदान टेकूस्थित महासंघको सचिवालयमा हुने बताइएको छ ।

प्रतिनिधिले साधारण सभामा सहभागिता जनाउन निम्नलिखित युजर तथा पासवर्डबाट सहभागिता जनाउन सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।