नेशनल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा खत्री नियुक्त


नेशनल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सुरेश प्रसाद खत्री नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई अर्को व्यवस्था नभए सम्मका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बहादुर बस्नेतको कार्यकाल पुस ५ गते पुरा भए पछि सञ्चालक समितिले खत्रीलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।